आयुर्वेदिक औषधीको नाममा उपभोक्ता ठगिदै, प्रशासन किन मौन ?

ए वान डेस्क
१८ पुष २०७४, मंगलवार १५:१७

ऐ वान डेस्क /

खुलेयाम रुपमा बजारमा बेचिने आयुर्वेदिक औषधीको नाममा बाराका उपभोक्ता ठगिदै आएका छन् । अनुुमति बिनै बजारमा खुलेयाम रुपमा औषधी बेचिदा समेत बारा प्रशासन मौन देखिएको छ । अहिले बाराका अधिकासं बजारमा खुलेयाम रुपमा आयुर्वेदिक भन्दै औषधी किनबेच भईरहेको छ ।

मुख्य बजार मानिने कलैया, जीतपुर, सिमरा, निजगढ लगायतका क्षेत्रमा दिनदहाडै उपभोक्ता ठगिनु परेको छ । सामान्य औषधीपनि मेडिकलको भन्दा झन्डै सयदेखि डेढसय रुपैयासम्म लिने गरेका छन् । बजारमा औषधी बेच्नेहरु अधिकासं भारतीय नागरीक हुन् । प्रशासनको उदासिन्ताका कारण आम उपभोक्ता नक्कली औषधी खरिद गर्न बाध्य छन् ।

‘औषधीमा कुनै खरिद मुल्य छनै् अनि कुनै उत्पादन गर्ने कम्पनीको नाम पनि छैन्, जसले गर्दा राज्यले करोडौ राजश्व गुमाउनुपरेको छ’ सिमराका एक उपभोक्ताले ऐ वान समाचारसंग भने ।

खोई उपभोक्ता हित संरक्षण समिति ?

नक्कली आयुर्वेदिक औषधीका कारण बर्षौदेखि उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुदै आएपनि प्रशासन भने मौन देखिएको छ । यस बिषयमा उपभोक्ता हित संरक्षण समिति बाराले पनि खासै चासो देखिएको देखिदैन् भने जिल्ला जनस्वास्थ्य कार्यालय बाराले पनि वास्ता गरेको पाईदैन् । हामीले यस बिषयमा जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रोसन चौधरीसंग कुरा गर्न खोजेपनि उहाको फोन उठ्न सकेन् ।

अब अनुगमन गर्छौ : सहायक सिडियो

बजार अनुगमन समितिका संयोजक समेत रहनुभएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले आयुर्वेदिक औषधीको नाममा ठगि गर्ने व्यक्तिलाई कारर्वाही गर्ने आश्वासन दिनुभएको छ । अनुमति बिनै बाटो बाटोमा आयुर्वेदिक औषधी कसले दियो भन्ने ऐ वान समाचारको प्रश्नमा केसरीले आफुहरुले कसैलाई पनि बजार क्षेत्रमा आयुर्वेदिक औषधी बेच्न अनुमति नदिएको बताउनुभयो ।

‘हामीले कसैलाई पनि अनुमती दिएका छैनौ, अनि यस्ता अनुमती बिनै बजारमा बेचिने आयुर्वेदिक औषधीलाई पनि अब हामी कारर्वाही रोक्छौ’ उहाले भन्नुभयो । भोलीदेखि नै अनुगमन थाल्ने भन्दै उहाले त्यस्तो भेटिए कानुन बमोजिम कारर्वाही गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*