क्षेत्र नम्बर ४ मा अन्तरघात गर्नेको ‘लिष्ट’ तयार पार्दै एमाले
ए वान डेस्क /
एमाले बाराले क्षेत्र नम्बर ४ मा अन्तरघात गर्ने नेता÷कार्यकर्तालाई कारर्वाही गर्ने भएको छ । जसको लागी एमालेले क्षेत्रिय स्तरको छानविन कमिटि गठन गरेको छ । क्षेत्र नम्बर ४ मा देवनारायण चौधरीलाई पराजित गर्न केही नेता÷कार्यकर्ता सक्रिय भएको भन्दै एमालेले कारर्वाही गर्ने तयारी गरेको हो ।
त्यसको लागी क्षेत्रिय कमिटिका सह–संयोजक अमर यादवको संयोजकत्वमा छानविन कमिठि गठन गरिएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले ए वान समाचारलाई जानकारी दिनुभयो । यादव संयोजकत्वको कमिटिलाई १५ दिनभित्र अन्तरघात गर्नेको ‘लिष्ट’ तयार गर्न समय दिईएको छ ।
सो कमिटिको सदस्यहरुमा कमलेश झा, धर्मदेव यादब, कृष्ण खनाल, रामक्षेत्री पटेल र बिरेन्द्र साह रहनुभएको छ ।























