बारामा किसानले पाएनन् गहुँकाे बीउ, भण्डारमा भने मौज्दात

ए वान डेस्क
२२ पुष २०७४, शनिबार ०९:०३

जिल्लाको उत्तरी क्षेत्रमा गहुँको बीउ अभाव हुँदा किसान मारमा परेका छन्। जिल्ला कृषि विकास कार्यालय बाराले ढिलो गरी उपलब्ध गराएका कारण गहुँको बीउ वितरण हुन नसकेको हो। मंसिर महिनामा बाली लगाइसके पछि कृषि कार्यालयले बीउ वितरणको प्रक्रिया सुरु गरेको थियो भने दक्षिण क्षेत्रमा भने बीउ वितरण केही प्रभावकारी भएको छ।

बारामा सरकारी अनुदानमा एक लाख ६० हजार केजी गहुँको बीउनिकासा भए पनि निर्वाचनको आचारसंहिता र दैवीप्रकोप समितिको हठका कारण बीउ वितरणमा ढिलाइ भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए।

‘समयमा गहुँको बीउ वितरण गर्न आफूले जोड गरे पनि बाराको स्थानीय विकास अधिकारीले नमानेका कारण नसकेको हुँ’, साहले भने,‘समयमा वितरण गर्न नसकेका कारण ५० बोरा बीउ मौज्दात रहेको छ। मौज्दात बीउ अब खेर जाने अवस्थामा पुगेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*