थानीमाईमा आजै मतपरिणाम आउने, को बन्ला अध्यक्ष ?
ए वान डेस्क /
थानीमाई समुदायीक बन उपभोक्ता समितिको अध्यक्ष पदका लागी अहिले मतदान भईरहेको छ । यो समाचार तयार पार्र्दासम्म २३३ जनाले मतदान गरिसकेका छन् । सहायक निर्वाचन अधिकृत नारायण पण्डितका अनुसार ९६२ जना मतदाता मध्य २३३ जनाले मतदान गरेका हुन् ।
पण्डितका अनुसार आजै मतगणना गरिनेछ । आज साझसम्म मतपरिणाम शार्वजनीक गर्ने तयारी पनि निर्वाचन मण्डलले गरेको छ । सहायक निर्वाचन अधिकृत पण्डितले आजै साझसम्म निर्वाचन मतपरिणाम शार्वजनीक गर्ने गरी आन्तरीक तयारी अघि बढाईएको बताउनुभयो ।
अध्यक्ष पदका लागी चार जनाले उम्मेदवारी दिएका छन् । चार जना मध्य को बन्ला अध्यक्ष ? सबैको चासोको बिषय बनेको छ ।
























