सिमरामा टोल कमिटि गठन, को–को बने अध्यक्ष ?
ए वान डेस्क /
बाराको सिमरामा रहेको थानिमाई सामुदायीक बन उपभोक्ता समिति अन्तर्गतको टोल कमिटि गठन गरिएको छ । नव गठित कमिटिका अध्यक्षहरु बन उपभोक्ता समितिको पदेन सदस्य रहने प्रावधान छ ।
को–को बने अध्यक्ष ?
भक्तिनगर टोल कमिटि : भोजराज न्यौपाने
मनकामना टोल कमिटि : गोविन्द अधिकारी बिनोद
थानिमाई टोल कमिटि : दिपक कार्की
सिंहमाई टोल कमिटि : अम्बिका घिमिरे
अनामनगर टोल कमिटि : मिना रसाईली
११ वटा टोल कमिटि गठन गर्नुपर्नेमा हालसम्म ५ वटा मात्र गठन गरिएको छ । बाकी ६ वटा २८ गतेभित्र गठन गरिने मनकामना टोल कमिटिका अध्यक्ष गोविन्द अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो । प्रत्यक कमिटि ११ सदस्यको हुनेछ । केही दिनअघि सम्पन्न समितिको निर्वाचनमा माधवप्रसाद त्रिपाठी अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
























