वडा कमिटिद्धारा विपन्न परिवारलाई न्यानो कपडा वितरण
पुष्पराज खतिवडा /
नेकपा एमाले कलैया उपमहानगरपालिका २४ नम्बर वडा कमिटिले मनहर्वाका स्थानीय ७० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यतामा वडा कमिटिले न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा एमाले प्रदेश नं.२ का सदस्य छटुप्रसाद यादव, यूवा संघ नेपालका केन्द्रिय एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य ध्रुब यादव, स्थानिय एमाले नेता प्रमेलाल यादव, हिरालाल चौधरी, चन्द्रकेत चौधरी लगायतको उपस्थिति रहेको थियो । पूर्व राजपरिवारका पंडित परिवारका सदस्य समेत रहेका समाजसेवी विनायकराज पाण्डेको सहयोगमा प्राप्त कम्बल स्थानिय गिरिष महत्तो बाँतर, बुधनी बाँतरनी, प्रमीला सहनी, महजर राम लगायतलाई प्रदान गरिएको हो ।
कार्यक्रम एमाले वडा कमिटि संयोजक रामजी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
























