जीतपुरसिमरा : आर्थिक अभावका कारण ब्लड क्यानसको उपचारमा समस्या
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ११ स्थित अम्माडारकी फुलमती देविलाई आफ्नी छोरीलाई ब्लड क्यानसर भएको थाहा छ । ६ महिनाअघि छोरी लक्ष्मि कुमारीलाई ब्लड क्यानसर भएको फुलमतीलाई थाहा भएपनि उपचार गराउन सक्दिनन् । किनभने छोरीको उपचार गराउन उनीसंग प्रयाप्त रकम छैन् ।
जसोतसो गरेर गाउघरबाट फुलमतीले ४ लाख ऋण त लिईन् तर त्यो ऋणपनि प्रयाप्त भएन् । ‘छोरीको उपचार गराउन मैले ४ लाख ऋण लिईसके तर त्यो पैसापनि उपचारमा सक्कियो’ उनले भनिन् । शुरुमा छोरीले खुट्टा दुख्यो भनेपछि फुलमतीले विरगञ्जमा चेकजाच गराईन्, पछि शंका लागेपछि उनले भरतपुरस्थित क्यान्सर अस्पताल लगिन् ।
अस्पतालबाट छोरीलाई क्यानसर भएको थाहा पाएपछि फुलमती पैसा खोज्न थानिन् । ‘सबैसंग हार–गुहार गरे, तर कसैलेपनि सहयोग गरेनन्’ उनले भनिन् । आर्थीक अभावकै कारण ब्लड क्यानसरको उपचारमा समस्या भईरहेको वडा अध्यक्ष विनोद यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार लक्ष्मिको उपचारका लागी सरकारबाट पाउने भनिएको १ लाखको लागी पहल भईरहेको छ । फुलमतीले सबैलाई आर्थीक सहयोग गरेर छोरीको ज्यान बचाईदिन आग्रह गरेकी छिन् ।
























