रुखबाट लडेर ११ वर्षीय बालकको मृत्यु

ए वान डेस्क
२२ माघ २०७४, सोमबार २०:०८

इलाममा एक बालकको सोमबार ज्यान गएको छ ।

रोङ गाउपालिका –३, का ११ वषीर्य सुनिल राईको रुखबाट लडेर ज्यान गएको हो । घर नजिकैको गोगनको रुखमा खेल्ने क्रममा लडेका राई रुखको फेदमा रहेको तिखो हाँगाले पेटमा लागेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार रुखबाट लडेर घाइते भएका राईको उपचारको लागि झापा लैजाँदै गदा बालकको बाटोमा नै ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*