जीतपुरसिमरा : वडा नम्बर २ पुर्ण खुल्ला दिशामुक्त

ए वान डेस्क
२५ माघ २०७४, बिहीबार १२:४३

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २ पुर्ण खुल्ला दिशामुक्त वडा भएको छ । वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठका अनुसार वडा नम्बर २ को सबै टोलमा शौचालय निमार्ण भईसकेको छ । तर पुर्ण खुल्ला दिशामुक्त वडा भएको घोषणा भने हुन बाकी छ ।

‘हामीले सबै टोलमा शौचालय निमार्ण गरिसकेका छौ, घोषणा हुन बाकी भएपनि वडा नम्बर २ पुर्ण खुल्ला दिशामुक्त भईसकेको छ’ ए वान समाचारसंग कुरागर्दे श्रेष्ठले भन्नुभयो । वडा नम्बर २ मा बजार, मुसहर्नीमाई, छट्टिमाई, नरबस्ती, सस्म्झौता, सयपत्री, पशुपती, श्रृजना, फलुबारी, जमुना, प्रभात, कामना, आदर्श र शान्ति टोल गरी १४ वटा टोल रहेका छन् । १४ वटै टोलको १७४४ घरधुरीमा शौचालय निमार्ण भईसकेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उप–महानगरपालिकाले चैत्र महामसान्तसम्ममा खुल्ला दिशामुक्त वडा बनाईसक्न यसअघि नै वडा अध्यक्षहरुलाई निर्देशन दिएको थियो । उप–महानगरको वडा नम्बर २१ र २२ यसअघि नै खुल्ला दिशामुक्त घोषणा भईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*