निजगढमा पनि सिसि क्यामेरा !

ए वान डेस्क
२६ माघ २०७४, शुक्रबार ०९:५१

ए वान डेस्क /

बाराको निजगढमा पनि सिसि क्यामेरा जडान गर्ने तयारी गरिएको छ । बिभिन्न संघ–संस्था र व्यक्ति विशेषको सहयोगमा निजगढमा सिसि क्यामेरा जडान गर्ने तयारी गरिएको हो ।

सिसि क्यामेरा जडान गर्ने बिषयमा आज बिहान निजगढ नगरपालिकाको कार्यालयमा सरोकारवालाबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा सहभागी अधिकासंले प्रभावकारी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा बोल्दै निजगढ नगरपालिकाका मेयर सुरेश खनालले सिसि क्यामेरा जडानका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाले सबैको साथ र सहयोगले मात्रै सिसि क्यामेरा जडान सम्भव रहेको बताउनुभयो । सिसि क्यामेरा जडान गर्न निजगढ नगरपालिकाले साढे चार लाख छुट्टाएको छ ।

छलफलमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नीरिक्षक दिपक रायले राजमार्ग क्षेत्रमा तत्कालका लागी ६ वटा क्यामेरा जडान गर्नुपर्ने बताउनुभएको निजगढबाट सञ्चारकर्मी महेश्वर अधिकारीले जानकारी दिनुभयो । छलफलमा समाजसेवी भोला गौतम लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*