एमाले प्रदेश ३ को संसदीय दलको नेतामा पौडेल निर्वाचित
एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडैले निर्वाचित भएका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न भएको संसदीय दलको निर्वाचनमा पौडेलले विजय हासिल गरेका हुन्।
उनले पार्टी उपाध्यक्ष समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन्। डोरमणि पौडेलले ३४ मत ल्याउँदा शाक्यको पक्षमा भने २४ मत परेको एमाले पोलिटब्युरो सदस्य प्रदेश ३ का प्रचार संयोजक सानुकुमार श्रेष्ठले बताए।
यो जीतसँगै पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।























