जीतपुरसिमरा : सखुवाघाटमा निशुल्क आखा शिविर सम्पन्न
ए वान डेस्क /
रोटरी क्लब हेटौडाले जीतपुसिमरा उप–महानगरपालिकाको सखुवाघाटमा निशुल्क आखा शिविरको आयोजना गरेको छ । जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरसंगको सहकार्यमा रोटरी क्लबले हिजो आखा शिविरको आयोजना गरेको हो ।
शिविरमा झण्डै ४०० जनाले निःशुल्क आखा परिक्षण गराएका स्थानीय सञ्चारकर्मी संतोष पन्तले जानकारी दिनुभयो । जसमध्य ४१ जनामा मोतियाबिन्दु फेला परेको छ । उनिहरुलाई निशुल्क अप्रेसनका लागि तिलगंगा सामुदायीक आँखा अस्पताल हेटौंडा पन्तले जानकारी दिनुभयो ।
आँखाका बिरामीहरुलाइ निशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा रोटरी क्लब हेटौंडाका कार्यक्रम सम्योजक प्रमेस प्रधान, सदस्यहरु बासु न्यौपाने, देबेन्द्र अर्याल, सामुदायीक आँखा अस्पताल हेटौंडाका डा सबिता क्षेत्री, कृष्ण राज ढुंगाना, जनहित सहकारिका राजेश सापकोटा, सन्तोष खड्का, प्राचार्य अनिल मैनाली लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा पिलुवा, महेन्द्रनगर, बदाफर, डकाहा, पैनिटोल, कतर्वा, बडहर्वा लगायतका शर्वसाधारण सहभागी भएका थिए ।
























