केन्द्रमा १८ मन्त्रालय कायम गर्ने मन्त्रिपरिषदको निर्णय

ए वान डेस्क
११ फाल्गुन २०७४, शुक्रबार १२:४६

सरकारले केन्द्रका ३१ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारमा १८ वटा मन्त्रालय कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि वातावरण मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय बनाउने निर्णय सरकारले गरेको जानकारी दिए ।

यसअघि बिहीबार नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीचको बैठकले मन्त्रालय घटाउने विषयमा सहमति जुटाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*