सिमरा महोत्सवमा भोलि ज्योति मगर आउने, अरु को–को आउदैछन् ?

फोटो : गुगल
ए वान डेस्क
११ चैत्र २०७४, आईतवार २३:१७

ए वान डेस्क /

चर्चित गायिका ज्योति मगर भोलि बाराको सिमरा आउने भएकी छिन् । प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आफ्नो प्रस्तुती देखाउने मगर भोलि सिमरा आउन लागेकी हुन् । गायीका मगरले भोलि दिउसो सिमरा रंगशालामा आफ्नो प्रस्तुती देखाउने मुल आयोजक समारोह समितिका कलाकार व्यवस्थापक विजय बोम्जनले जानकारी दिनुभयो ।

बोम्जनका अनुसार भोलि चर्चित गायक धिरज राई, नेपालको चर्चित ब्याण्ड ओम माने पेमे, धुर्व बिस्को लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् । भोलि दिउसो २ बजेदेखि सास्कृतीक कार्यक्रम शुरु हुने बोम्जनले जानकारी दिनुभयो ।

आज महोत्सवको तेश्रो दिन नेपालका चर्चित गायकहरु हेमन्त शर्मा, रमेशराज भट्राई लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*