सिमरा महोत्सव : बर्षाका कारण गायक कमल खत्रीको प्रस्तुती रोकियो

ए वान डेस्क /
प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा बर्षाका कारण आज नेपालका चर्चित गायक कमल खत्रीको प्रस्तुती रोकिएको छ । कमल खत्रीको प्रस्तुती अघि हावाहुरीसंगै बर्षा भएपछि सास्कृतीक कार्यक्रम स्थगित गरिएको आयोजकले जानकारी दिएको छ ।
आयोजक मुल समारोह समितिका कलाकार व्यवस्थापक विजय बोम्जनका अनुसार खत्रीले भोलि शनिवार आफ्नो प्रस्तुती देखाउनेछन् । खत्रीसंगै भोलि नेपालका चर्चित गायक शिव परियार, गायिका टिका प्रसाई, हास्य कलाकार दिनेश काफ्ले, गायक लेखराज गुरुङ्ग, गायिका श्रीया नेपाल, गायक विश्व आर के र डान्सर रुबिना श्रेष्ठले आफ्नो प्रस्तुती देखाउने बोम्जनले जानकारी दिनुभयो ।