लाखौ दर्शकको मन जित्दै सम्पन्न भयो सिमरा महोत्सव

बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ आज सम्पन्न भएको छ । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा चैत्र ९ गतेदेखि शुरु भएको आज सम्पन्न भएको हो ।
महोत्सवको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ को क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले समापन गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले बारालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
‘यस्ता मेला महोत्सवले पर्यटकीय क्षेत्र बनाउन ठुलो भुमिका निर्वाह गर्छ, त्यसकारण बिभिन्न समयमा यस्ता महोत्सव आयोजना गर्नुहपर्छ’ बिश्वकर्माले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले बिभिन्न समयमा आयोजना हुने यस्ता मेला महोत्सवले दिर्घकालिन फाईदा पुग्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य सोभा लामाले पर्यटकीय क्षेत्रसंगै व्यापारीक केन्द्र बनाउन यस्ता मेला महोत्सवको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । कार्यक्रममा मुल आयोजक समारोह समितिका सल्लाहकार समितिका संयोजक दिनेश राईले विकास र समृद्धीका निम्ति पनि यस्ता किशिमका महोत्सवले राम्रो सन्देश जाने बताउनुभयो ।
कार्यक्रममा औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले आगामी बर्षमा सिमरा महोत्सवलाई अझै व्यवस्थित ढंगले अघि बढाउने बताउनुभयो । कार्यक्रममा बोल्दै आयोजक मुल समारोह समितिका संयोजक हरि चौधरीले सबैको साथ र सहयोगले महोत्सव सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट, पत्रकार सुर्य चन्द, श्याम गुप्ता लगायत बिभिन्न संघ–संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार सुनिल गाउलेले गर्नुभएको थियो । कार्यक्रममा मुल आयोजक समारोह समितिका सचिव शैलेसराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकाबिच महोत्सवलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई कदर पत्र र मायाको चिनोद्धारा सम्मान गरिएको छ । ११ दिनसम्म १ लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवले बारा, पर्सा, रौतहटका साथै मकवानपुर जिल्लाका दर्शकको समेत मन जित्न सफल भएको आयोजक मुल समारोह समितिका सह–संयोजक आरिफ हुसेनले जानकारी दिनुभयो ।
महोत्सवमा झन्डै २०० स्टल राखिएको थियो । महोत्सवमा फुटबल र कुस्ती प्रतियोगितापनि आयोजना गरिएको थियो ।