‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ पारित

ए वान डेस्क
२९ भाद्र २०७५, शुक्रबार १५:५४

प्रतिनिधिसभाको आजको बैठकमा ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । बैठकमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि मन्त्री राईले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा सांसद सुवालले एक ठाउँमा घर भएकाहरुले अर्को स्थानमा बनाउँदा अनुत्पादक क्षेत्रमा खर्च भएको बताउनुभयो । सडक विस्तार गर्ने नाममा सम्पदा, बस्ती र आवास नभत्काउन पनि सांसद सुवालले माग गर्नुभयो । सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री राईले भवनसंहितालगायत आवाससम्बन्धी कानून पालना गरिने प्रतिबद्धता जनाउनुभयो ।

बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत ग¥यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*