सिमरामा राजावादीहरुले लगाए राजतन्त्रको नारा

ए वान डेस्क
५ माघ २०७५, शनिबार १४:१०

ए वान डेस्क /

बाराको सिमरामा आज राजावादीहरुले राजतन्त्रको नारा लगाएका छन् । नेपाल राष्ट्रवादी संघको आयोजनामा आज राजावादीहरुले राजतन्त्रको नारा लगाएका हुन् ।

सिमराको मुख्य चोकबाट शुरु गरिएको र्यालीले एयरर्पोट रोड परिक्रमा गरेको थियो । र्यालीमा ‘राजा आऊ, देश बचाउ’, ‘बिदेशी डलर चाहिदैन, राजा फाल्न पाईदैन’ लगायतका बिभिन्न नारा लगाईएको थियो ।

र्यालीपछि आयोजित कोणसभामा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनक लाल शाहले राजतन्त्र आजको आवश्यक्ता भएको बताउनुभयो । कार्यक्रममा उमाशंकर प्रसाद कल्वार, पृथ्वी झा, हरेराम प्र. रौनियार, राजेन्द्र पाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*