नेकपाको कार्यक्रममा प्रदेश र केन्द्रका ३ मन्त्रि आज बारा आउने

ए वान डेस्क
११ माघ २०७५, शुक्रबार ०७:३७

ए वान डेस्क /

प्रदेश र केन्द्रका ३ जना मन्त्रि आज बारा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले परावानिपुरमा आयोजना गरेको अन्र्तक्रियामा सहभागि हुन ३ जना मन्त्रि बारा आउन लागेका हुन् ।

नेकपा प्रदेश नम्बर २ संसदीय दलको कार्यालयले आयोजना गरेको कार्यक्रम अहिले बिहान ८ बजेपछि शुरु हुदैछ । अन्र्तक्रिया कार्यक्रम संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवको प्रमुख आतिथ्यतामा हुने नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो ।

अन्र्तक्रियामा संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको उपस्थिति रहने श्रेष्ठले बताउनुभयो । कृषिको आधुनिकरणमा तिनै तहको सरकारको भुमिका शिर्षक दिएर गर्न लागिएको कार्यक्रममा प्रदेश र केन्द्रका ३ जना मन्त्रि पहिलो पटक मञ्चमा देखिन लागेका छन् ।

परवानिपुरको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको नेकपाका युवा नेता उमेश कुशुवाहाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*