शहीदको बलिदानलाई भुल्दैनौँ – मुख्यमन्त्री पौडेल

ए वान डेस्क
१६ माघ २०७५, बुधबार १३:५०

प्रदेश नम्बर तीन सरकारले शहीद दिवसकाे अवसरमा हेटाैँडामा विशेष कार्यक्रम गरेकाे छ । बुधबार सरकारले प्रदेश राजधानी हेटाैँडामा रहेकाे शहीद स्मारकमा शहीदहरुकाे शालिकमा माल्यार्पण गर्दै शहीदलाई सम्झेकाे हाे ।

स्मारकमा शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिएकाे थियाे । शालिकमा तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माल्यार्पण गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, उद्योग, वन तथा पर्यटन मन्त्री अरुण नेपाल, उपसभामुख राधिका तामाङ, प्रमुख सचिव आनन्दराज ढकाललगायतकाले शहीद स्तम्भमा माल्यार्पण गर्नुभएको थियो ।

शहीदको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानको सम्झनामा दिवस मनाइने गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको काँधमा टेकेर आफूहरु अहिलेको अवस्थासम्म आइपुगेको बताउनुभयो । शहीदकै कारण राजनीतिक र सामाजिक परिवर्तन भएको उहाँले बताउनुभयो ।

शहीद दिवसको कार्यक्रमलाई औपचारिकता भन्दा पनि सबैले सम्झनलायक काम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । शहीदको सपनालाई गणतन्त्र नेपालको सरकारले पूरा गर्नुपर्ने दायित्व रहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा तीन नंमबर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले अहिलेको राज्य ब्यवस्था शहीदहरुकै बलिदानबाट प्राप्त भएको पनि बताउनुभयो ।

र्‍यालीसहित शहीद स्मारक पुगेकाे मुख्यमन्त्री तथा मन्त्रीहरुकाे टाेलीले शहीदको प्रतिमामा माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो । मुख्यमन्त्री पौडेलसहित प्रदेश सरकारका मान्त्रीहरु, सांसद, प्रदेश सरकारका उच्च तहका कर्मचारीसहितको टोलीले शहीदको प्रतिमामा पुष्प अर्पण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*