बारामा राष्ट्रिय जनमोर्चाको विरोध सभा

ए वान डेस्क
१९ माघ २०७५, शनिबार १७:४६

ए वान डेस्क /

राष्ट्रिय जनमोर्चा नेपाल बाराले आज सिमरामा विरोध सभाको आयोजना गरेको छ । देशमा महंगी, भ्रष्टाचार, हत्या, हिंसा र बलत्कारका घटना बढ्दै गएकोभन्दै जनमोर्चाले सिमरामा विरोध सभा गरेको हो ।

“संघियता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतरा विरुद्ध संघर्ष गरौ, महंगी, भ्रष्टाचार, हत्या हिंसा र बलत्कारको अन्त्य गरौ” भन्ने मुल नाराका साथ आयोजित विरोध सभा सिमराको एयरपोर्ट गेट अगाडीबाट शुरु गरिएको थियो । एयरपोर्ट रोडको चौतारबाट शुरु गरिएको विरोध सभाले सिमरा बजार परिक्रममा गरेको राष्ट्रिय जनमोर्चा नेपालका नेता हरि सापकोटाले ए वान समाचारलाई जानकारी दिनुभयो ।

विरोध सभापछि आयोजित कोण सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले सरकारको गतिविधिको विरोध गरे । सरकारकै कारण देशमा चरम भ्रष्टाचार मौलाएकोभन्दै उनीहरुले हत्या हिंसा अन्त्य गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*