रंगशाला बनाउन धुर्मुस-सुन्तलीले मलेसियामा ‘खेले क्रिकेट’

ए वान डेस्क
२५ माघ २०७५, शुक्रबार १६:०५

चितवनमा बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान लिएर मलेसिया पुगेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले त्यहाँ नेपालीमाझ क्रिकेट खेलेका छन् ।

मलेसियामा आयोजित धुर्मुस–सुन्तली साँझका क्रममा सयौँ नेपालीलाई उनीहरुले हँसाएनन् मात्रै मञ्चमै क्रिकेट पनि खेले । बल र ब्याटसहित मञ्चमा उत्रिएका धुर्मुस–सुन्तलीले घरबाट परदेशिएर रोजगारीका लागि बसेका नेपालीलाई भरपूर मनोरञ्जन पनि दिए ।

उनीहरुसँगै दर्शकलाई मनोरञ्जन दिन लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई र चर्चित लोक गायिका सम्झना भण्डारी पनि पुगेका थिए । धुर्मुस–सुन्तली ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को गरेको हो ।

यस क्रममा क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको हो । दुई शोमा धुर्मुस–सुन्तलीको अभिनयलाई दर्शकले साथ दिनुका साथै मनोरन्जन पनि लिए ।

क्वालालम्पुर र पेनाङपछि फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तीन अर्ब अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशालाका लागि मलेसियाबाट राम्रो सहयोग मिल्ने विश्वास धुर्मुस–सुन्तलीले लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*