नेकपाको कार्यदलले माग्यो थप समय

ए वान डेस्क
२६ माघ २०७५, शनिबार १०:१८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को पार्टी तथा सांगठनिक एकता टुंग्याउन गठित कार्यदलले थप समय माग्ने भएको छ ।

हालै बसेको सचिवालय बैठकले प्रतिवेदन बुझाउन निर्देशन दिएपछि कार्यदल छलफलमा जुटेको थियो । संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेल जेजति सहमति जुटेको छ, त्यसको प्रतिवेदन बुझाएर कार्यदललाई भंग गर्ने पक्षमा थिए । तर, बहुमत सदस्यले अस्वीकार गरेका छन् ।

यी कमिटीमा फरक प्रतिवेदन नै पेश गर्ने चेतावनी दिएपछि दुबै नेता हच्किएका छन् ।

शुक्रबारको बैठकमा नेताहरुले कार्यललाई असफल बनाउनु भनेको सिंगो पार्टीलाई असफल बनाउनु भएको र यसले कार्यकर्ताको मनोबल झन गिर्ने बताएका थिए । साथै आफूहरुले फरक प्रतिवेदन पेश गर्नुपर्ने अवस्था आए सचिवालय मात्र होइन, स्थायी, केन्द्रीय कमिटी हुँदै सिंगो पार्टीमा ध्रुविकरण हुने चेतावनी दिए ।

कार्यदललाई विघटन नगर्ने सर्तमा अहिलेसम्म भएका कामबारे प्रतिवेदन बुझाउन भने सकिने नेताहरुले बताएका छन् । ‘यति काम भयो । प्रदेश कमिटीमा छलफल गर्दा कुरा मिलेन । त्यसैले भएका सहमति कार्यान्वयन गर्ने र बाँकी काम गर्न थप समय लिने गरी प्रतिवेदन बुझाउने सहमति भएको छ’ एक सदस्यले भने ।

सहमतिअनुसार प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मा संयोजक बादल र सदस्य बेदुराम भुसाललाई दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*