नेकपाको रौतहट जनसभा : बाराबाट ब्यापक जनसभागिता, १ लाख जनता उतार्ने तयारी
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी नेकपाले रौतहटको गरुडामा भोलि आयोजना गर्न लागेको बिशाल जनसभामा बाराबाट ब्यापक सहभागिता हुने भएको छ । पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले गरुडामा भोलि जनसभा गर्न लागेको हो ।
गरुडामा हुने जनसभामा बाराबाट १५ हजारभन्दा बढिले सहभागिता जनाउने नेपाल कम्युनिष्ट पार्टीका नेता क्षेत्र बहादुर श्रेष्ठ अनिलले ए वान समाचारलाई जानकारी दिनुभयो । गरुडामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उहाले बताउनुभयो । जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको छ ।























