काङ्ग्रेस विकास विरोधी : प्रभु साह

ए वान डेस्क
१२ चैत्र २०७५, मंगलवार १९:१९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष प्रभु साहले मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस विकास विरोधी भएको आरोप लगाउनुभएको छ ।

फगुवा विजयपुर नगरपालिकास्थित खैरा टोलमा आयोजित विकास निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष साहले काङ्ग्रेस सत्ताबाट विमुख भएपछि विकासको काममा बाधा अड्चन गरी जनविरोधी कार्य गरिरहेको बताउनुभयो । समय परिस्थितिअनुसार नेकपाको पक्षमा जनादेश आएकाले त्यसलाई काङ्ग्रेसले सहज रुपमा लिन नसकेकामा आश्चर्य व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका केही नेताले अहिले राजतन्त्र, गणतन्त्र, हिन्दूराष्ट्र र सङ्घीयताका लागि जनमत सङ्ग्रहको माग गरेर समाजलाई पुनः अराजकतातर्फ धकेल्न खोजेको साहको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*