प्रदेश सरकारले बिद्यार्थीसंग खेलवाड गर्यो : नेता कुशुवाहा
file photo
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता उमेश कुशुवाहाले प्रदेश सरकारले बिद्यार्थीसंग खेलवाड गरिरहेको आरोप लगाउनुभएको छ । परिक्षालाई मर्यादित बनाउन नसक्दा प्रदेश नम्बर २ मा लगातार दुई पटक प्रश्न पत्र बाहिरिएकोभन्दै उहाले प्रदेश सरकारले बिद्यार्थीसंग खेलवाड गरिरहेको बताउनुभयो ।
‘एसईई परिक्षा दिईरहेका आम बिद्यार्थीसंग प्रदेश सरकारले खेलवाड गर्यो, प्रदेश सरकारले परिक्षालाई मर्यादित बनाउन सकेन्’ ए वान समाचारसंग कुरागर्दे नेता कुशुवाहाले भन्नुभयो । फरक प्रशंगमा उहाले प्रदेश सरकारले सरकार चलाउन नसके सरकारमा बसिरहनुको कुनै औचित्य भएको बताउनुभयो ।
‘सरकार चलाउन सकिदैन् भने सरकारमा बसिरहनु आम जनताको अपमान हो’ उहाले भन्नुभयो ।























