बारामा नेकपाद्धारा गठित कार्यदलको बैठक सम्पन्न

ए वान डेस्क
१६ चैत्र २०७५, शनिबार १३:०८

पाल कम्युनिष्ट पार्टीको विस्तारिक बैठक बाराको निजगढ नगरपालिकामा सम्मपन्न भएको छ । नेकपाका नेता गोपाल ठाकुरको अध्यक्षतामा बैठकमा बसेको थियो । बैठकले विभिन्न निर्णयहरुको गरेको छ ।

बाराको १६ स्थानिय तहमा जसको बढि भोट आएछ उसको तर्फबाट अध्यक्ष सचिव क्रमश पार्टीको जिम्मेवारी दिईने बैठकमा निर्णय गरिएको पार्टीले जनाएको छ ।

१६ स्थानिय तहमा कलैया उपमहानगरपालिकामा पुर्व एमाले १० हजार ७ सय १६ मत पुर्व माओवादीले ४ हजार ३ सय ७१, महागढिमाई नगरपालिकामा पुर्व एमाले ७ सय १४ पुर्व माओवादी ४ हजार ५ सय ७, पचरौता नगरपालिकामा पुर्व एमाले १ हजार ९ सय ४७ पुर्व माओवादी २ हजार १ सय ३३, सिम्रौनगढ नगरपालिकामा पुर्व एमाले ८ सय १३ पुर्व माओवादी २ हजार ४ सय ८९, जितपुरसिमरा उपमाहनगरपालिकामा पुर्व एमाले १४ हजार ८ सय ६५, पुर्व माओवादी ११ हजार २ सय ५१, कोल्भी नगरपालिकाम पुर्व एमाले ७ हजार ४ सय १, पुर्व माओवादी १ हजार ७ सय ५० रहेको छ ।

त्यस्तै परवानीपुर गाउपालिकामा पुर्व एमाले १ हजार ८ सय पुर्व माओवादी १ हजार ३ सय १९, प्रसौनी गाउपालिकामा पुर्व एमाले १ हजार ९ सय २९, पुर्व माओवादी २ हजार १ सय १३, विश्रामपुर गाउपालिकामा पुर्व एमाले ६ सय ६५, पुर्व माओवादी १ सय ४३, फेटा गाउपालिकामा पुर्व एमाले ५ सय ६४ पुर्व माओवादी १ हजार ६४, आर्दशकोतवाल गाउपालिकामा पुर्व एमाले १ हजार २ सय १२, पुर्व माओवादी १ हजार ८ सय ८०, देवताल गाउपालिकामा पुर्व एमाले ८ सय ७ पुर्व माओवादी १ हजार २ सय ८३, सुर्वण गापालिकामा पुर्व एमाले १ हजार ३ सय ७४ पुर्व माओवादी १ हजार ४ सय १६, करैयामाई गाउपालिकामा पुर्व एमाले २ हजार ९४ पुर्व माओवादी ९ सय ३२, बारागढि गाउपालिकामा पुर्व एमाले २ हजार ८ पुर्व माओवादी ,८ सय ५८ लगायत रहेका छन ।

नेकपाको कार्यदलको बैठकमा प्रमुख अतिथि नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेश सभा सदस्य ज्वाला साह, सुन्दर विश्वकर्मा, बलविर चौधरी, दिनेश राई, अनिल श्रेष्ठ लगायतको उपस्थिति रहेको युवा नेता मुकेश साहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*