विप्लव नेता-कार्यकर्ता सर्वोच्चको शरणमा

ए वान डेस्क
१७ चैत्र २०७५, आईतवार ११:४७

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गर्‍यो। थुनामा राखिएका नेकपाका कार्यकर्ता राजु कार्की र केदार खतिवडाको बन्दी प्रत्यक्षीकरण रिटलाई न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले गत चैत १ गते खारेज गरिदिएको थियो।

कार्की उक्त पार्टीको भ्रातृ संगठन अखिल नेपाल किसान संगठन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष र खतिवडा पार्टीका क्षेत्रीय ब्युरो सदस्य हुन्।

कार्कीकी पत्नी पवित्रा कार्की केसी र खतिवडाकी पत्नी गीता सिलवालले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। कार्कीलाई गत फागुन २१ गते र खतिवडालाई २२ गते राजधानीबाट पक्राउ गरी थुनामा राखिएको थियो।

उनीहरूमाथिको प्रहरी अनुसन्धान बाँकी रहेको अवस्थामा थुनामुक्त गर्न नमिल्ने आधारमा रिट खारेज गरियो। त्यसपछि काठमाडौं सीडीओले आठ हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै चन्दा असुली आरोपमा कार्कीलाई पुनः गेटबाटै पक्राउ गर्‍यो। हाल उनलाई कमलपोखरी प्रहरी प्रभागमा राखिएको छ।

कार्की पनि शुक्रबार १० हजार धरौटीमा छुटेलगत्तै सीडीओ कार्यालयको गेटबाटै पक्राउ परेका छन्। ‘सीडीओबाट धरौटीमा छाड्नेबित्तिकै फेरि प्रहरीले गेटबाटै समातेर थुनामा राख्न टेकु लगिएको छ।

न्यायका लागि फेरि पनि बन्दी प्रत्यक्षीकरण रिट लिएर आइतबार सर्वोच्च जाँदै छु,’ खतिवडाकी पत्नी गीताले भनिन्, ‘पटकपटक पक्राउ पर्दा परिवारलाई तनाव भइरहेको छ।’ न्यायका लागि फेरि पनि बन्दी प्रत्यक्षीकरण रिट लिएर आइतबार सर्वोच्च जाँदैछु,’ खतिवडाकी पत्नी गीताले भनिन्, ‘पटकपटक पक्राउ पर्दा परिवारलाई तनाव भइरहेको छ।’

यी बन्दीको रिट खारेज भए पनि यसअघि सोही पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मासहित तीनजना भने सर्वोच्चको आदेशअनुरुप थुनामुक्त भएका थिए।

यसअघिका प्रधानन्यायाधीश ओमप्रकाश मि श्रसहितको संयुक्त इजलासले विश्वकर्माकै रिटमा अदालतबाट छाडेलगत्तै फेरि उही प्रकरणमा पटकपटक पक्राउ गर्ने कार्य भएमा सरकारलाई ‘अवहेलना’ मा कारबाही चलाउन सकिने आदेशसमेत दिएको छ।

अर्का कार्यकर्ता अधिकारीलाई पनि शुक्रबार १० हजार धरौटीमा छाडेलगत्तै पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*