यि खानेकुरा जसको सेवनले छालामा आउछ चमक

छालामा चमक ल्याउनको लागि कतिपय व्यक्तिले धेरै उपायहरु अपनाई रहेका हुन्छन् । तर यो भुलेका हुन्छौँ हाम्रो भान्सा भित्र नै त्यस्ता अनेक खानेकुराहरु हुन्छन् जसले स्वस्थ्य बनाउनुको साथसाथै छालामा थप चमक ल्याउन सहयोग गर्दछ ।
ओखर
ओखर छालाको लागि निकै गुणकारी खानेकुरा मानिन्छ । यसको दैनिक सेवनले छालालाई नरम बनाउनुका साथै प्राकृतिक रुपमा सुन्दर पनि बनाउछ । ओखरलाई खानुका साथै यसलाई पिधेर धुलो बनाएको पाउडरलाई फेसप्याकको रुपमा लगाउदा पनि यसले फाइदा गर्छ । यसलाई छालामा लगाउदा स्क्रबको काम गर्छ ।
डार्क चकलेट
पश्चिमी मुलुकमा छालामा चमक ल्याउनका लागि चकलेट खाने चलन रहेको छ । अझ गाढा खैरो रंगको चकलेट छालाको लागि गुणकारी मानिन्छ । यसको नियमित सेवनले रक्तसंचारलाई राम्रो बनाएर मुहारको छालामा चमक ल्याउने काम गर्छ ।
किबी
निकै स्वादिलो फलको रुपमा रहेको किबीमा भिटामिन सिको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो फलको नियमित सेवनले मुहारमा चमक ल्याउनुका साथै अनुहारमा रहेका खराव वा नष्ट भएका छालाहरुलाई हटाएर नयाँ आउन लागेको छालाको स्याहारमा बिशेष भुमिका निभाउछ ।
अण्डा
अण्डामा प्रोटिनको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो प्रोटिनले छालालाई धेरै नै फाइदा गर्छ । अण्डावाट प्राप्त भएको प्रोटिनले छालामा हुने चाउरीपनलाई रोक्नुका साथै छालामा चमक पनि ल्याउने काम गर्छ ।
पालुंगो
छालाको चमकका लागि हरियो सागपात निकै लाभदायक मानिन्छ । यसमा पनि पालुंगोको साग अझ राम्रो हुन्छ । पालुंगोको सागमा भएको पोषक तत्वले बढ्दो उमेरमा छालामा आउने परिवर्तनहरुलाई रोक्ने काम गर्न मद्धत गर्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा रहेको भिटामिन सि, तामा र फलामको गुणले छालामा देखा पर्ने धेरै किसिमका समस्याहरुलाई हटाउछ । ब्रोकाउलीमा रहेको एण्टीअक्सिडेन्टले बढ्दो उमेरमा देखापर्ने समस्याहरुलाई पनि समाधान गर्ने गर्छ ।