राप्रपाकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष थापासहित नेताहरु नियन्त्रणमा

ए वान डेस्क
२५ चैत्र २०७५, सोमबार १६:२१

हिन्दुराष्ट्रको माग राख्दै उठेको राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा एक सय भन्दा धेरै नेताहरु घाइते भएका छन् ।

यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पुतलिसडकमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । राप्रपाका नेताहरुको आन्दोलनका कारण सडक नै जाम हुने अवस्थामा प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो ।

प्रहरीको लाठी चार्जबाट सयभन्दा बढी कार्यकर्ता घाइते भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। ‘शान्तिपूर्ण पर्दशनमा हस्तक्षेप गर्नु संविधान विपरित हो’ उनले भने,’राप्रपाले यस कदमलाई निन्दा गर्दछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*