संगीतकार क्षेत्रीको निधन

ए वान डेस्क
२६ चैत्र २०७५, मंगलवार १६:३३

शास्त्रीय संगीतका विज्ञ संगीतकार कमल क्षेत्रीको निधन भएको छ। ७७ वर्षीय क्षेत्रीको सोमबार राति १२ बजे निधन भएको हो। १९९८ सालमा काठमाडौँमा जन्मेका क्षेत्रीले शास्त्रीय रागको पुस्तक ‘रागहरूको साँचो’ लेखेका छन्।

२०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत क्षेत्री शास्त्रीय संगीतका गुरु थिए। उनको संगीतमा तयार भएका धेरै गीति नाटक नाचघरमा छन्। क्षेत्रीले मुनामदन नाटकमा सहायक संगीत निर्देशन र स्वरसमेत प्रदान गरेका थिए। क्षेत्रीले प्रयाग संगीतका लागि इलाहबादबाट प्ररीक्षा दिनेका लागि सहयोग गर्दै आएका थिए।

उनको संगीत र स्वरमा रेडियो नेपालमा धेरै गीत रेकर्ड भएका छन्। क्षेत्रीको स्वरमा रहेको ‘माया कसले दियो नेप्टीलाई लाइटर’ गीत चर्चित छ। गायक क्षेत्रीको यो गीत २०२६ सालमा रेकर्ड भएको थियो।

विज्ञान श्रेष्ठको स्वर र कमल क्षेत्रीको संगीत रहेको गीत ‘गगनभरिको ताराको टिलपिल टिपेर’ पनि धेरैले रुचाएको गीतमा पर्छ। उनको संगीतमा रहेको सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे बोलको गीत अमर छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*