किन पोल्छ सिस्नुले ?

कुनैकुनै बनस्पतिहरुमा शत्रुबाट बच्न प्रकृतिले नै यसलाई रक्षा गर्ने अंग दिएको हुन्छ । सिस्नुमा काँढाहरु हुन्छन् । काँढा भएकोले नै सिस्नुलाई मानिस र अरु जनावरले सजिलै मास्न सक्दैनन्, काँढाले घोचेर पोल्न डर हुन्छ ।
सिस्नुलाई शत्रुबाट बच्न काँढाले सहयोग गर्छ । यसैले काँढाहरु सिस्नोको रक्षा गर्ने अंग हुन् ।
सिस्नुको काँढाको टुप्पा तीखो हुन्छ र फेदमा फुकेको थैली जस्तै हुन्छ । यही थैलीमा विष हुन्छ । सिस्नोमा भएको विष वास्तवमा एक किसिमको एसिड हो । त्यो एसिडलाई फोर्मिक एसिड (formic acid) भनिन्छ ।
हलुका किसिमले मात्रै छोयो भने पनि काँढाको टुप्पा हाम्रो छालामा छिर्छ । त्यसपछि काँढा भाँचिन्छ र हाम्रा छालामा टाँसिएर आउँछ । काँढामा भएको विष हाम्रो छालामा पस्छ । अनि हामीलाई पोलेको अनुभव हुन्छ ।