विप्लवलाई राजनीतिक मूलधारमा ल्याउँदैछौँ : गृहमन्त्री थापा

ए वान डेस्क
४ बैशाख २०७६, बुधबार ११:२१

गृहमन्त्री रामबहादुर थापा बादलले देश र संविधान विरोधि गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भैरहेको बताउनु भएको छ । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन प्रयास भैरहेको र अब पनि प्रयास जारी राखिने उहाँले बताउनुभयो ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार बिहान संबोधन गर्दै उहाँले कानुन विपरित गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्तालाई पक्रउ गरिएको हो ।’

भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।’

देशको अखण्डता सँगै सुरक्षा चुनौति पहिले धेरै नै भए पनि अहिले भने त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ । देशको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

अब संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सुरक्षालाई अझै मजबुत बनाउन सकिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*