चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख

ए वान डेस्क
६ बैशाख २०७६, शुक्रबार १६:२९

चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा विजयी बनी मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन् ।

शुक्रबार काठमाडौंमा मकैं एप्सले चलचित्र यात्राका कलाकारहरु सलिनमान बनियाँ, मलिका महत, रेयर राई लगायतका कलाकारहरुले लक्की ड्रमार्फत् मिलन श्रेष्ठलाई भाग्यशाली विजयी घोषणा गरेका हुन् ।

चैत २९ गते रिलिज भएको चलचित्र ‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रतियोगितामा झण्डै तीन हजार जनाले सहभागिता जनाए पनि ६१६ जनाले मात्र सही उत्तर रोजेको मकै एप्सका चीजकुमार श्रेष्ठले जानकारी दिए ।
लक्की ड्र कार्यक्रममा उपस्थित चलचित्रका निर्देशक सम्राट शाक्यले भने, ‘फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौं । यात्राले नेपाली चलचित्र हेर्न दर्शकलाई हलसम्म ल्याउने क्रमलाई उत्साहजनक ढंगले बढाएको छ ।’

चलचित्रमा सलिनले भ्लगमार्फत् समाजमा ल्याउन सकिने परिवर्तनलाई प्रस्तुत गरेका छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेकोछ ।

यही चलचित्रमार्फत् डेब्यू गरेकी मलिका महतको अभिनयले प्रसंशा पाइरहेको छ । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*