मासुको बिकल्पमा पनिर

एजेन्सी । आज भोली हरेक भोज पार्टी तथा समारोहमा खानाको परीकारमा राखीने एउटा उपयुक्त खानामा पर्छ पनिर ।शाकाहारी प्रायःको रोजाईमा पर्ने खाना पनिरमा प्रोटिनको साथै क्याल्सियम र भिटामिन डी पनि पाइन्छ। पनिरले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।
शरीरको हाड र दाँतलाई बलियो बनाउन पनिरमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले ठूलो टेवा पु¥याउछ। एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी हुन्छ ।
गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुने हुदा पनिर निकै उपयोगी हुन्छ । पनिरले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ । पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।