फोटोग्राफरले घेर्दा मलाइकालाई असहज, सन्किए अर्जुन !

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १४:२४

एजेन्सी- बलिउड अभिनेत्री मलाइका अरोराको अरबाज खानसँग ‘डिभोर्स’ भइसकेको छ । यसैबीच मलाइका अरोरा र अभिनेता अर्जुन कपूर प्रेम-सम्बन्धमा रहेको चर्चाले बलिउड ताताएको छ । यी दुईको अफेयरलाई लिएर लगातार खबरहरू आइरहेका छन् ।

तर अहिले उनीहरूसँग जोडिएर एउटा नयाँ खबर चर्चामा छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मलाइका अरोरालाई फोटोग्राफरहरूले बाटो रोकेको भन्दै अर्जुन कपूर रिसाएका छन् ।

फोटो खिच्ने क्रममा मलाइकालाई हिँड्न असहज भएको भन्दै अर्जुन कपूर रिसाएर फोटोग्राफरहरूलाई धकेलेको समेत बताइएको छ ।

खबरका अनुसार उक्त घटनाको भिडियो इन्टरनेटमा भाइरल बनिरहेको छ ।

हालै माल्दिभ्समा मलाइकाले छुट्टी मनाएकी थिइन् । मलाइकाको त्यो तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*