खाली पेटमा बेसार–पानी पिउनुका फाइदै–फइदा

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १४:३८

स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् ।

बिहानै उठेर बेसार–पानी पिउँदा शरीरमा रगत जम्न पाउँदैन । यसले रगत सफा गर्छ । उठ्नेबित्तिकै बेसार–पानी पिउँदा दिमागलाई पनि फाइदा पुग्छ ।

यसरी पिउने बेसार–पानी बनाउन एक गिलास मनतातो पानीमा आधा कागती, एक चम्चा बेसार र उति नै मह मिसाएर राम्रोसँग फिट्नुपर्छ ।

बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरका किटाणुसँग लड्ने क्षमता बढाउँछ । बेसार–पानीको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्न मद्दत पुग्छ । यसले खाना पचाउन सहयोग गर्छ ।

यसका अतिरिक्त, बेसार–पानीको नियमित सेवनले दिनभरको थकान मेटाउँछ, दुखाइ कम गर्छ र शरीरलाई ताजा राख्छ ।

बिहान खाली पेटमा बेसार–पानीको पिउँदा दिमाग तेज हुन्छ । भुल्ने रोग कम गर्छ । यसले कलेजोलाई सफा राख्छ । र, पित्ताशयको कामलाई सुचारु गराउन मद्दत गर्छ । उमेरसँगै आउने समस्याहरुको समाधानमा पनि बिहान खाली पेटमा बेसार–पानीको सेवन लाभदायक हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*