राष्ट्रपति भण्डारी जनकपुर आउने
जनकपुर– जनकपुरको जानकी मन्दिर परिसरमा जानकी नवमी महामहोत्सव २०७६ सुरु भएको छ । बिहीबारबाट सुरु भएको जानकी महोत्सवका अवसरमा १५ दिन सम्म विविध कार्यक्रम गरी मनाइनेछ ।
महोत्सवको पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र बेलुका बधाई मंगलगानको कार्यक्रम रहेको छ । जन्ममोत्सवको विशेष कार्यक्रम बैशाख ३० गतेदेखि सुरु हुने उत्तराधिकारी महन्त रामरोशन दासले बताए ।
जानकी नवमीमा यसपटक शोभायात्रा, दुधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कÞृतिक कार्यक्रम सहितका कार्यक्रमहरु गर्ने आयोजकले जनाएको छ ।
वैशाख ३० गते रामनवमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागी बन्ने महन्त दासले जानकारी दिए । त्यस्तै चताराधामका जगद्गुरु कृष्णदास महाराज, अयोध्याका मैथिली शरण दास, काशी बनारसका महन्थ राजकुमार दास लगायतका एक दर्जन भन्दा बढि महात्मा पनि आउने भएका छन् । – रातोपाटी