इन्टरनेटमा लिक भयो ‘स्टुडेन्ट अफ द इयर-२’

ए वान डेस्क
२९ बैशाख २०७६, आईतवार १६:०७

बलिउड अभिनेता टाइगर श्राफ अनन्या पाण्डे र तारा सुतारिया स्टारर फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ रिलिज भएको केही घण्टामै इन्टरनेटमा लिक भएको छ। पुनित मल्होत्राद्वारा निर्देशित यो फिल्म पायरेसीमा चर्चित वेबसाइट तमिल रकर्सले लिक गरेको हो।

यो वेबसाइटले यसअघि पनि कैयौँ ठूला फिल्महरू लिक गरिसेको छ। लिक गरिएको फिल्मलाई उक्त वेबसाइटबाट डाउनलोड गरिरहेका छन्। करण जौहरको धर्मा प्रोडक्सन फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ १० मेबाट सिनेमा हलमा रिलिज भएको हो।

रिलिज भएको केही घण्टामै तमिल रकर्सले लिक गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। पूरै फिल्म वेबसाइटमा उपलब्ध रहेको बताइएको छ।

बक्स अफिसमा राम्रो कमाइ गरिरहेको फिल्म लिक भएपछि भने यसको कमाइमा असर पर्न सक्ने आंकलन गरिएको छ। फिल्मले ओपनिङ डेमा १२ करोड ६ लाख रुपैयाँ कमाइ गरेको थियो भने दोस्रो दिन १४ करोड २ लाख भारतीय रूपैयाँ कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अहिलेसम्म फिल्मको कुल कमाइ २६ करोड ८ लाख भारतीय रुपैयाँ रहेको समाचार विवरणमा जनाइएको छ। करण जौहरले सात वर्षपछि इस्टुडेन्ट अफ द इयरको फ्रिन्चाइज लिएर आएका हुन्।

साथै यो फिल्मबाट टाइगरले आफ्नो एक्सन इमेजलाई परिवर्तन गर्ने प्रयाससमेत गरेका छन्। साथै यही फिल्मबाट दुई अभिनेत्री अनन्या पाण्डे र तारा सुतारियाले डेब्यु गरेका छन्। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*