फलाम खोज्ने मेसिनले साढे १ केजी सुनको डल्ला भेटियो

ए वान डेस्क
६ जेष्ठ २०७६, सोमबार १४:४४

अस्ट्रेलियामा एक व्यक्तिले झन्डै साढे १ केजीको सुन भेटेका छन्।

फलाम खोज्ने मेसिनले उनले १.४ केजीको सुनको डल्ला भेटेको अस्ट्रेलियाको संचार माध्यमहरुले जनाइएको छ।

त्यो सुनको मूल्य १ लाख डलर अस्ट्रेलियन डलर पर्ने जनाइएको छ। यतिबेला उक्त सुनको डल्लाको फोटो चर्चित बनेको छ।

ती व्यक्ति फलाम खोज्ने मेसिन बोकेर सुनको खोजीमा हिँडेका थिए। भाग्यवश उनले ठूलो मात्रामा सुन फेला पारे।

अस्ट्रेलियाका सुन व्यापारी म्याट कुकका अनुसार एक अन्जान व्यक्ति सुनको डल्ला बेच्न उनीसँग थिए।

उनका अनुसार कालगोर्ली क्षेत्रमा सुनहरु भेटिन्छन्। तर यसरी केजीकै हिसाबले सुन बिरलै भेटिन्छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*