भारत निर्वाचन : नरेन्द्र मोदीको भाजपा विजय उन्मुख

ए वान डेस्क
९ जेष्ठ २०७६, बिहीबार १६:४४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन्।

अहिलेसम्मको मत परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ।

राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन।

तर एक जना प्रवक्ता जयवीर सेरगिलले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन्।

“हामीले यस्तो हारको अपेक्षा गरेका थियनौँ,” उनले भने. “हामी चुनावी वाचाहरू राम्रोसँग सञ्चार गर्न सकेनौँ।”

बिबिसिबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*