सुनको मूल्य ५ सय बढ्यो
१० जेष्ठ २०७६, शुक्रबार १२:०८
सुन आज प्रतितोला ५ सय रुपैयाँ बढेको छ।
हिजो प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। हिजो ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

























