आफ्नो विवाह गराइदिने पण्डितसँगै भागिन् २१ वर्षीया दुलही

ए वान डेस्क
१३ जेष्ठ २०७६, सोमबार १७:०९

विवाह भएको १५ दिनमै एक दुलही आफ्नो विवाह गराउने पण्डितसँगै भागेकी छन् ।

यो घटना भारतीय राज्य मध्य प्रदेशको हो । मध्य प्रदेशको सिरोन्ज शहरअन्तर्गत टोरी बागरोदमा एक दुलही विवाहको १५ दिनपछि आफ्नो विवाह गराइदिने पण्डितसँग भागेकी हुन् ।

यो घटना त्यो दिन भयो, जुन दिन भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै थियो ।

दैनिक भास्करको समाचारका अनुसार २१ वर्षीया ति दुलहीको विवाह मे ७ तारिखमा भएको थियो । विवाहपछि युवती पहिलोपटक आफ्नो माइती आएकी थिइन् । माइती आएको बेला २३ मेको राति युवती पण्डित (विनोद महाराज)सँग भागेकी हुन् ।

समाचारअनुसार विनोद विवाहित व्यक्ति हुन् । उनका २ सन्तान रहेका जनाइएको छ ।

प्रहरीले पण्डितसँग भागेकी युवती र पण्डितको खोजी गरिरहेको जनाएको छ । दुलहाको परिवारले भने विवाहित युवतीले आफूहरुले दिएको करिब डेढ लाख रुपैयाँ बराबरको गहना र ३० हजार रुपैयाँ नगद लगेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*