प्रधानमन्त्री ओली आज भारत जाँदै, मोदीसँग भोलि बिहान भेटवार्ता

ए वान डेस्क
१६ जेष्ठ २०७६, बिहीबार ०८:१७

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जान लाग्नुभएको हो ।

उहाँ नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ बिहीबार बेलुकी हुने सपथग्रहण कार्यक्रममा सहभागी हुनुका साथै त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिने रात्री भोजमा पनि सरिक हुनुहुनेछ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार भेटवार्ता हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।

प्रधानमन्त्री ओली विमानस्थल जाने बेलामा बालुवाटारबाट त्रिभुवन विमानस्थल सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*