फोन छिटो चार्ज गर्न अपनाउनुस् यी तरिका

ए वान डेस्क
१ असार २०७६, आईतवार १२:५६

फोनमा ढिला चार्ज हुने समस्य रहन्छ। नयाँ लन्च भएका स्मार्ट फोनमा भन्दा पुराना फोनमा यो समस्या बढी देखिन्छ।

चार्ज ढिला हुने समस्याले कहिलेकाँही हामी फोनलाई रातभरि चार्जमा राख्छौँ वा चार्जमा राखेर नै फोनमा गफिन्छौँ। यसो गर्नु राम्रो मानिँदैन्। फोन रातभरि चार्ज गर्नाले ब्यााट्री ओभर चार्ज हुृन्छ र फोन नै पड्किने(ब्लास्ट) संभावना रहन्छ।

चार्जमा राखेर लामो समय फोनमा गफ गर्दा पनि यो समस्या आउनसक्छ। यस्ता घटनाबाट धेरैको ज्यान जोखिममा परिसकेका तथ्य हामीसँगै छन्।

फोनको ब्याट्री छिटो चार्ज गर्न हामी यी उपाय अपनाउन सक्छौँ। ( फोनको ब्याट्री नै ड्यामेज भइसकेको छ भने यो टिप्सले काम नगर्नसक्छ।)

फोनलाई छिटो चार्ज गर्न हामी यी तरिका अपनाउन सक्छौँ

चार्जगर्दा फोनलाई ‘एरोप्लेन मोड’मा राख्नुहोस्

फोनलाई चार्जमा लगाउनु भन्दा पहिला ‘एरोप्लेन मोड’मा राख्नुपर्छ। यस्तो गर्नाले मोबाइलको नेटवर्क लगायतका कनेक्सन टुट्छन्। जसले ब्याट्रीलाई छिटो चार्ज गर्न मदत गर्छ।

चार्जगर्दा मोबाइल ‘स्विच अफ’ गर्नुहोस्

मोबाइललाई स्विच अफ गर्नासाथ यसमा ब्याट्रीको खपत सून्य हुन्छ। जसले ब्याट्रीलाई छिटो चार्ज गर्न सहयोग गर्छ। – सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*