गर्मीले सताईरहेको छ ? यस्ता खानेकुरा खानुस्

ए वान डेस्क
४ असार २०७६, बुधबार १२:५७

एजेन्सी : सामान्तया समय अनुसारका खानेकुरा खानु स्वास्थ्यका दृष्टीकोणबाट राम्रो मानिन्छ । अहिले गर्मीको मौसम चलिरहेको छ । यो समयमा जाडोयाममा खाने खानेकुरा खाँदा पाचन प्रक्रियामा कठिन हुन सक्छ । त्यसैले गर्मीको मौसममा निम्न कुराहरु खाँदा स्वास्थ्यका दृष्टीकोणबाट राम्रो मानिन्छ ।

निम्न खानेकुरा खाँदा राम्रो :
पानी, दही, गोल्भेडा, गाँजर, खरबुजा, काँक्रो, मकै,
निम्न कुरा कम खाने
बढी मसाला प्रयोग भएका खानेकुरा, माछा, जंक फूड, अन्डा, रातो मासु

कस्ता खानेकुरा खाँदा कस्तो फाइदा  :

– हरियो सिमिमा पनि पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले गर्मि मौसममा यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

– काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले गर्मीमा खानासँगै काँक्रा खाँदा राम्रो हुन्छ ।

– गर्मी मौसममा गोलभेडाको अत्यधिक मात्रामा खाँदा राम्रो हुन्छ किनभने यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।

– गर्मी मौसममा प्याज पनि अति उपयोगी मानिन्छ । प्याजमा भिटामिन सी, बी पाईने हुँदा पेटका बिरामीहरुलाई पनि यसले निकै फाईदा गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*