युवतीहरूसँग बोल्न धक मान्नुहुन्छ ? यसरी बढाउनुस् आत्मविश्वास !

ए वान डेस्क
८ असार २०७६, आईतवार १३:५१

केही मानिसलाई युवतीहरूसँग कुरा गर्न निकै धक लाग्ने गर्छ । संसारसामु आत्मविश्वासी देखिने युवक पनि युवतीका अगाडि पर्दा बोल्न नसक्ने भएका प्रशस्त उदाहरण भेटिन्छन् ।

तपाईंमा पनि यो समस्या छ भने केही व्यावहारिक उपायहरू अपनाउनुस् ।

युवती कुनै अर्को ग्रहको प्राणी हैन । आत्मविश्वास बढाउनुस् र स्पष्ट बोल्नुस् । उनीसँग क्वालिटी टाइम बिताउने प्रयास गर्नुस् र कुरा गर्दा कहिले पनि आँखाको सम्पर्क टुट्न नदिनुस् ।

युवतीहरू सरसफाइमा एकदमै ध्यान दिन्छन् । त्यसैले उनीहरूसामु जाँदा राम्रो कपडा लगाउनुस् । शरीरबाट दुर्गन्ध अउँछ भने पर्फ्युम लगाएर मात्र जानुस् । कुनै पनि कपडा लगाउनुअघि आफू त्यसमा राम्रो देखिएको छु कि छैन भनी परख गर्नुस् ।

युवतीहरूलाई प्लेजेन्ट सरप्राइज मन पर्छ । त्यसैले उनीहरूलाई खुशी राख्न ससाना उपाय अपनाउनुस् । उनीहरूलाई केही कुराले नराम्रो लाग्ला, त्यसमा ध्यान दिनुस् । राम्रो साथी बनेपछि तपाईं आफूभित्र आत्मविश्वास बढ्न थालेको अनुभव गर्नुहुन्छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*