मोबाइल धेर चलाउने युवाहरूको टाउकोमा निस्किँदैछ सिंग !

ए वान डेस्क
९ असार २०७६, सोमबार १३:३६

स्मार्टफोन आविष्कार भएपछि मानिसहरूको जीवनशैलीमा परिवर्तन आएको छ ।

मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिन थालेका छन् । यसको अधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने अनेकौं अनुसन्धानले देखाएका छन् ।

तर हालै गरिएको एक अनुसन्धानले चाहिँ मोबाइलको अत्यधिक प्रयोगबाट आउने दुष्परिणामको निकै अनौठो खुलासा गरेको छ । 

मोबाइलले शरीरभित्रको अस्थिपञ्जरलाई परिवर्तन गरिरहेको देखिएको छ । मोबाइल धेरै प्रयोग गर्ने युवाहरूको शिरमा सिंग निस्किरहेको छ । उनीहरूको टाउकोको स्क्यान गर्दा यो कुरा पुष्टि भएको हो ।

बायोमेकानिक्समा गरिएको अनुसन्धानले टाउको धेर झुकाउँदा युवाहरूको खोपडीको पछिल्तिर सिंग निस्किरहेको देखिएको छ ।

मोबाइलमा घन्टौं बिताउने १८ देखि ३० वर्षका युवा यसको बढी शिकार बनिरहेका छन् ।

यो अनुसन्धान अस्ट्रेलियाको क्वीन्सल्यान्ड स्थित सनशाइन कोस्ट विश्वविद्यालयमा गरिएको हो । मेरुदण्डको हाड बांगिँदै गएर टाउको पछाडि हूक वा सिंग जस्तो हाड बढिरहेको अनुसन्धानमा भेटिएको छ ।

द वाशिङटन पोस्टको खबरअनुसार, खोपडीको तल्लो भागमा सिंग जस्तो हाड देख्न सकिन्छ ।

चिकित्सकहरूका अनुसार, हाम्रो खोपडीको तौल लगभग साढे चार किलो छ । सामान्यतया मोबाइल प्रयोग गर्दा मानिसहरू आफ्नो टाउको अगाडि पछाडि हल्लाइरहन्छन् । यस्तो हुँदा गर्दनको तल्लो भागको मांसपेशी तकिन्न्छ र हाडहरू बाहिर निस्कन्छन् । तिनै हाड सिंग जस्तो देखिन्छन् । टाउकोमा बढी दबाब पर्दा यसो भइरहेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार, स्मार्टफोन र अन्य डिभाइसले मानव स्वरूपलाई परिवर्तन गरिरहेका छन् । प्रयोगकर्ताले सानो स्क्रीनमा के भइरहेको छ भनी हेर्नलाई टाउको अघिल्तिर झुकाउनुपर्ने हुन्छ । यसले गर्दा टाउकोको हाड बढिरहेको छ ।

महिलालाई भन्दा पुरुषलाई यो समस्याले बढी गाँजेको छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*