सांसदको माग- शम्भु राईलाई समर्थन गर्ने नाममा प्रकाश सपुतमाथि अपमान गर्नेलाई कारवाही होस्

ए वान डेस्क
१० असार २०७६, मंगलवार १२:१०

गीतको लय र भाकाकोे विषयलाई लिएर गायक प्रकाश सपुतलाई जातीय आधारमा अपमान गर्ने काम भइरहेको भन्दै सांसदहरूले जातीय भेदभाव गर्नेमाथि कारवाहीको माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद विमला विकले सर्जकमाथि जातीय आधारमा विभेद गरिँदा समेत सरकार मुकदर्शक बनेको आरोप लगाएकी हुन् ।

‘प्रकाश सपुत र शान्तिश्री परियारले गाएको गलबन्दी च्यातियो तिम्ले तानेर…, गीत छोटो समयमै करोडको मन मस्तिकस्कमा बस्न सफल भयो । अहिले अछुत र कुजात भनेर अपमान गरियो । सरकार मुकदर्शक बन्यो’ सांसद विकले भनिन्, ‘गीतको लय बाझियो भनेर शम्भु राइलाई समर्थन गर्ने नाममा सामाजिक सञ्जालमा अभिव्यक्ति आएका छन्, यसलाई गम्भीर रूपमा लिएर कारवाही गर्नुपर्छ ।’

सांसद महेश्वरराज गहतराजले सबै नेपालीको मनमनमा र हृदयमा बस्न सफल गीतका सर्जकलाई अपमान गर्नु आपत्तिपूर्ण भएको बताए । ‘उनको मानमर्दन गर्ने गतिविधि सामाजिक सञ्जालमा भइरहेको छ ।

अपराधिक हुलहुज्जत गर्नेलाई कारवाही गर्न माग गर्दछु । कपि भएको भए कानूनी उपचार गर्ने निकाय र लोकदोहरी प्रतिष्ठानमार्फत् समाधान गर्नुपर्छ,’ सांसद गहतराजले भने । – लोकान्तरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*