उच्च रेकर्ड बनाएर घट्यो सुनको मूल्य

ए वान डेस्क
११ असार २०७६, बुधबार १३:१४

अघिल्लो दिन प्रतितोला ६५ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने घटेको छ।

यस दिन प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य घटेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ। जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

अमेरिका र इरानबीचको द्वन्द्वका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*